Logo

रियल मड्रिड बराबरीमा रोकिँदा बार्सिलोनालाई फाईदा



स्पेन, ५ फागुन । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिड सेल्टा डी भिगोसँग २–२ को बराबरीमा रोकिएको छ । खेलको सातौं मिनेटमा सेल्टा डी भिगोका लागि स्मोलोभले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड पहिलो हाफमा १–० ले पछि परेको थियो ।

सातौँ मिनेटमा स्मोलोभले गोल गर्दै सेल्टा डी भिगोलाई सुरुवाती अग्रता दिलाए । त्यस लगत्तै रियल मड्रिडका लागि टोनी क्रसले ५२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

रियल मड्रिडका सर्जियो रामोसले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर ८५ औँ मिनेटमा सेल्टा डी भिगोका लागि मिना लोरेन्जोले बराबरी गोल गरेर रियल मड्रिडबाट एक अंक खोसे ।

बराबरीपछि शीर्षस्थानको रियल मड्रिडको २४ खेलबाट ५३ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान २४ खेलबाट ५२ अंक रहेको छ । २१ अंक जोडेको सेल्टा रेलिगेशन जोनबाट माथि उठेको छ ।

ला लिगा अन्तर्गत गए राती भएका अन्य खेलमा ओसासुनाले एथ्लेटिको बिल्बाओलाई १–० ले हरायो भने लेगानेस र रियल बेटिसले गोलरहित बराबरी तथा सेभिल्ला र स्पानियोलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्