Logo

सिरिया र लिबियाको विषयमा अमेरिकी र टर्किस् राष्ट्रपति फोनवार्ता



५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्डाेगानबीच हालैका दिनहरुमा सिरिया र लिबियामा बढ्दो द्वन्द्वलगायतका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति ट्रम्प र टर्किस् राष्ट्रपति एर्डाेगानबीच शनिबार विषयमा उक्त कुराकानी भएको आइतबार जानकारी दिएको छ । त्यस फोनवार्ताका क्रममा पछिल्लो समयमा सिरियाको इद्लिबमा भएको हिंसाबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो व्यक्त गर्नुभएको थियो ।

इद्लिब प्रान्त पछिल्लो समयमा सिरियाका विद्रोहीहरुको कब्जामा रहेको छ । उनीहरुले केही समय आफ्नो कब्जामा लिएको उक्त क्षेत्रलाई सिरियाली सेनाले फिर्ता ल्याएको थियो । तर पछि विद्रोहीहरुले कब्जामा लिएका थिए ।

ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा जारी रहेको हिंसाको राजनीतिक समाधानका लागि पहल गर्न र त्यस पक्षमा वातावरण निर्माण गर्न टर्किस् राष्ट्रपति एर्डाेगानलाई आग्रह गरेका थिए ।

त्यस अवसरमा उहाँहरुबीच सिरिया र लिबियामा पछिल्लो समयमा देखा परिरहेको संटकको समाधानका लागि आवश्यक वातावरण निर्माण गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो । यसअघि गत शुक्रबारमात्र सिरियाका कम्तीमा पनि ६३ जना सैनिक मारिएको टर्कीले जनाएको थियो । टर्कीको सेनाले गरेको रक्षात्मक कारबाहीका क्रममा ती सैनिक मारिएको टर्कीको रक्षा मन्त्रालयले जानकारी दिएको थियो ।

तर इदलिबमा मारिएका ती सैनिकको विषयमा रुसले भने आशङ्का व्यक्त गरेको थियो । सिरियाली सैनिक टर्कीको कारबाहीमा नमारिएको रुसको भनाई थियो ।
पछिल्लो समयमा टर्कीले सिरियाको इलिबमा आक्रामक रुपमा कारबाही जारी राखेको छ । त्यसक्रममा सिरियाले पनि टर्कीका सैनिकतर्फ आक्रमण गरेको जनाइएको छ ।साथै यस कारबाहीका क्रममा सिरियाली सैनिकहरु पनि मारिएको प्राप्त समाचारमा जनाइएको छ । यसका कारण पछिल्लो समयमा सिरियाको इदलिब क्षेत्रमा तनाव उत्पन्न भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्