Logo

कारागारबाट छुटेपछि महरा सिधै खुमलटार



काठमाडौं, ५ फागुृन । निवर्तमान सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशसँगै उनी आज रिहा भएका हुनु । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । रिहा भएसँगै उनी ललितपुरस्थित् आफ्नो निजी निवासतर्फ प्रस्थान गरेका छन् ।

डिल्लीबजार कारागारबाट रिहाई हुँदा उनलाई नेकपाका कार्यकर्ताहरुको ठूलो संख्याले फूलमाला लगाएर स्वागत गरेको थियो । महराले संक्षिप्त कुराकानी गर्दै आफूलाई कारागारमा सबैबाट राम्रो व्यवहार भएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्