Logo

महरा प्रकरणः हिरासतमा जानुअघि देखि रिहाईसम्म



काठमाडौं, ५ मंसिर । पूर्व सभामुख कृष्णबहादुर महरा १३३ दिन हिरासत बसाईंपछि रिहाई भएका छन् । काठमाडौं जिल्ला अदालतले आज उनलाई निर्दोष ठहर गरेर रिहाई गरेपनि पछिल्लो चार महिना महरा प्रकरण निकै चर्चामा आयो ।

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर उनले जर्बजस्ती उद्दोग गरेको अभियोग लागेको थियो । त्यसपछि शाहीको किटानी जाहेरीका आधारमा महरा १८ असोजमा पक्राउ परेका थिए ।

कहिले के भयो

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् ।

१४ असोजमा महराले नेकपाभित्रको दबाबपछि राजीनामा दिए । सोही दिन रोशनी शाहीको भनाई बदलियो । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१५ असोजमा रोशनी शाहीको बयान फेरियो, उनले आवेगमा आएर बोलेको दाबी गरिन्

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।

१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो ।

१९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन ।

२३ असोजमा महरा रक्तचाप र स्वासप्रश्वासको समस्या आएको भन्दै नर्भिक अस्पताल भर्ना

२८ असोजमा महरालाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गरायो, पाँच दिन म्याद थप

१ कात्तिकमा महरासँग प्रहरीको बयानको प्रयास, स्वास्थ्यमा खराबी भएको भन्दै महरा सीसीयूमा भर्ना

३ कात्तिकमा महरालाई अदालतमा उपस्थित गराइयो, रोशनी शाही उपस्थित भई महराको बचाऊ । सोही दिन पाँच दिन म्याद थपको अनुमति

७ कात्तिकमा महरालाई थप एक हप्ता हिरासतमा राख्न म्याद थपको अनुमति, महराको तिहार हिरासतमा

१४ कात्तिकमा महरामाथि थुनछेकको बहस, सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगमा मुद्दा दायर गर्यो

१५ कात्तिकमा महरामाथि काठमाडौं जिल्ला अदालतको बन्द इजलाशमा बयान । महराले आफूमाथिको अभियोग अस्वीकार गर्दै षड्यन्त्र भएको भने

१७ कात्तिकमा महरामाथिको थुनछेक बहस, बहस नसकिएकाले टुंगो लागेन

१८ कात्तिकमा महरालाई र्पुपक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुनदर्शनराज पाण्डेको इजलाशबाट आदेश, महरा जेल चलान

५ मंंसिरमा काठमाडौं जिल्ला अदालतको र्पुपक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध पुनरावेदन अदालतमा महराको निवेदन

६ मंसिरमा मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले जिल्ला अदालत काठमाडौंले र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिंदा लिएको आधार कारण र सक्कल मिसिल पठाउन आदेश

७ मंसिरमा उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग

३ पौषमा महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदालतको आदेश

४ पौषमा महराले गरेको थुनामुक्तिको माग उच्च अदालत पाटनद्धारा अस्विकार

२७ पौषमा रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर झिकाउने अदालतको आदेश

४ फागुनमा महराबारे अन्तिम फैलसाका लागि बहस

५ फागुनमा जिल्ला अदालत काठमाडौंद्धारा महरा निर्दोष ठहर, महरा रिहा



प्रतिक्रिया दिनुहोस्