Logo

निर्भया बलात्कारकाण्डका दोषीलाई ३ मार्चमा फाँसी दिइने



एजेन्सी, ५ फागुन । ६ बजे विहान, ३ मार्चमा दिल्लीस्थित तिहार जेलमा चार जनालाई फाँसीको सजाय दिइनेछ । ती चारजना निर्भया बलात्कार र हत्यामा दोषी ठहरिएपछि फाँसी दिन लागिएका हुन् । दिल्ली अदालतले उनीहरुको फाँसीको मिति तोकेको हो । यसअघि दुईपटक तोकिएको मिति स्थगित गरिएको थयो ।

अब ३२ वर्षीय मुकेश सिंह, २६ वर्षीय विनय शर्मा, ३१ वर्षीय अक्षयकुमार सिंह र २५ वर्षीय पवन गुप्ता गरी चारैजनालाई फाँसी दिइनेछ । यसपटक सजाय रोकिने सम्भावना निकै कम छ ।

चारैजनालाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो । दिल्लीमा साँझपख बस रोकेर केटा साथीसँगै चढेकी निर्भया नाम दिइएकी मेडिकल विषयकी विद्यार्थीलाई निर्मतापूर्वक बलात्कार गरिएको थियो । सामूहिक बलात्कारपछि युवती रडले गुप्तांगमा प्रहार गरी फालिएकी थिइन् । सडकमा फालिएकी उनको गम्भीर अवस्थामा उद्धार गरेपनि जीवन जोगिएन । तत्कालिन कँग्रेस आई सरकारले सिंगापुरमा लगेर समेत उपचार ग¥यो । तर, उनको शव मात्र फर्कियो । निर्भयाको शव लिन सोनिया गान्धी समेत इन्दिरा गान्धी विमानस्थल पुगेकी थिइन् । उक्त घटनाले महिला हिंसाविरुद्धका अभियन्ताहरु कडा रुपमा प्रस्तुत भए । भारतमा महिलाहरु असुरक्षित भएको सन्देश गयो ।

घटनाका दोषीहरुलाई सीसीटीभी फुटेजबाट पत्ता लगाइएको थियो । उनीहरु बसमा पर्दा राखेर बढेको पत्ता लाग्यो । बसभित्रै घम्साघम्सीको केही दृश्य पत्ता लगाएपछि पक्राउ गरिएको थियो । पक्राउ गरिएकाहरु दिल्लीको झुपडीवस्तीमा बस्ने गरेका थिए । उनीहरुलाई पक्राउ गरेपछि एकजनाले जेलभित्रै आत्महत्या गरेका थिए । आठ वर्षको अदालती प्रक्रियापछि चारजनाको फाँसीको सजाय टुंगो लागेपछि उनीहरुलाई झुण्डाउने डोरी विहारको जेलमा बन्नेछ । जल्लाहद तयार गरी झुण्डाइनेछ ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्