Logo

जबरजस्ती करणी गर्ने एक पक्राउ, अर्का फरार



धनुषा, ५ फागुन । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक व्यक्ति भने फरार छन् ।
पक्राउ पर्नेहरुमा २५ वर्षीय नरेश महतो छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महतो लगायत दुई जनाले आइतबार बेलुका ती महिलालाई जबरजस्ती करणी गरेको अभियोग छ । जबरजस्ती करणीमा संलग्न महतोका साथी फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्