Logo

महरा छुट्दा रोशनी सबैभन्दा दंग



काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरा १३३ दिन हिरासत बसाईंपछि रिहा हुँदा महरा जत खुशी छन् त्योभन्दा बढी खुशी उनैमाथि जाहेरी दिने रोशनी शाही खुशी भएकी छिन् । उनले मिडियाहरुमा प्रतिक्रिया दिदै आफू निकै खुशी भएको बताएकी छिन् ।

रोशनी विगतमा पनि अदालत पुगेर महरा निर्दोष भएको बयान दिएकी थिइन् । उनले घटनालगत्तै मिडियामा अन्तवार्ता दिएर महरामाथि आरोप लगाइन् । तर, त्यसको भोलिपल्ट महराको पक्षमा बोल्न र लेख्न थालिन् । तर, उनैले जाहेरी दिएपछि महरा पक्राउ परे । अहिले रोशनीकै बयानले महरालाई निर्दोष ठहर गर्ने फैसलाको एउटा आधार बन्यो ।

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर महराले जर्बजस्ती उद्दोग गरेको अभियोग लागेको थियो । त्यसपछि शाहीको किटानी जाहेरीका आधारमा महरा १८ असोजमा पक्राउ परेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्