Logo

टेन्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई संसदीय समितिको निर्देशन



फागुन ५, काठमाण्डौ । प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले तराई मधेस द्रुतमार्ग आयोजनामा गरिने टेन्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले टेन्डर प्रकृयामा पारदर्शिता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडि बढाउन समितिले निर्देशन दिएको हो ।

समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय गौरबका आयोजना मध्येको एक तराई मधेश द्रुतमार्गको निर्माण २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधीन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्ययोजना समितिलाई उपलब्ध गराउन पनि निर्देशन समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिमा अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा सेनाले जानकारी गराएको छ । काठमाडौं–तराई द्रुतमार्ग आयोजना प्रमुख शरदलाल श्रेष्ठले सबै काम प्रकियामा रहेकाले अब कामको गति नरोकिने दाबी गरे । द्रुतमार्गको रेखांकनमा पर्ने महादेवडाँडादेखि लेनडाँडासम्म पर्ने सुरुङमार्ग, पुल तथा एक्सप्रेस वेसहितको २ प्याकेज बनाई ईपीसी मोडलमा कार्यान्वयन गर्ने लक्ष्यअनुसार प्रि–क्वालिफिकेसन गर्न अनुमानित लागत तयार गर्ने कार्य अन्तिम चरणमा रहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

समष्टिगत कार्ययोजनाले टनेल, पुललगायत एक्सप्रेसवे लगायतका कार्यहरु एकै समयमा सम्पन्न हुने सेनाको दाबी रहेको छ । सांसदहरुले भने काठमाडौं तराई द्रुतमार्ग समयमै सकिनेमा सांसदहरुले आशंका व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्