Logo

घट्यो मूल्य



काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्