Logo

कानूनमन्त्रीमा तुम्बाहाङ्फे नियुक्त



काठमाडौँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शिवमाया तुम्वाहाङ्फेलाई नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा पद तथा गोपनीयताको शपथ गराएको छ । राष्ट्रपतिले राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा नवनियुक्त तुम्वाहाङ्फेले शपथ लिएको हो ।

संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा नियुक्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार तुम्वाहाङ्फे सम्हाल्ने भएका छन् ।
डा तुम्वाहाङ्फे यसअघि उपसभामुख थिए । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्