Logo

विकासको गति देखेर केही व्यक्ति आत्तिएः ओली



धुलिखेल, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिवर्तनको तीव्र गतिमा अगाडि बढिरहेको देखेर केही व्यक्ति अत्तालिएको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देश विकासको सिँढी चढिरहेको छ ।’

त्यस क्रममा उनले सरकारका ‘उपलब्धिका सूची’ प्रस्तुत गरेका थिए । ‘८८ प्रतिशत घरमा केन्द्रीय विद्युत् लाइन पुगेको छ । दुई वर्षमा बाँकी १२ प्रतिशत जनताका घरमा पु¥याइनेछ’, उनले भने, ‘यसपालि अलिअलि विद्युत् निर्यात गर्दै छौं । अर्को वर्षदेखि निर्यात बढाइँदै लगिनेछ ।’

मेलम्चीको पानी ल्याउन लागेको र नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा पु¥याइरहेको उनको भनाइ थियो ।प्रधानमन्त्रीले सरकारले सडकमा कसैलाई रहन नदिने प्रतिबद्धता जनाएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्