Logo

संस्कृति थाम्‍ने त्यो दरबार



काठमाडौँ, ६ फागुन । नेपाल सरकारले बझाङी राजा ओमजंगबहादुर सिंहलाई मार्न लगाएपछि विसं २०१८ देखि तल्कोटका राजा स्थानीयको परम्पराका सांस्कृतिक प्रतिनिधि मात्रै हुन् । तर, संस्कृति थामेर बसेका उनका पुस्तालाई अझै स्थानीयले सम्मान गर्छन् । हालै सम्पन्न दक्षिण एसियाली खेलकुदमा सर्वाधिक स्वर्ण पदक विजेता गौरिका सिंह बझाङी राजाकै सन्तान हुन् ।

बझाङको सदरमुकाम चैनपुरबाट २० किलोमिटर उत्तरतर्फ लागेपछि तल्कोट गाउँपालिकाको पुगिन्छ खौला बजार । बजारको पूर्वी कुनाको अग्लो डाँडामा छ– कोट दरबार । बजारबाट दरबारमा पुग्न १६५ वटा कलात्मक ढुंगे सिँढी पार गर्नुपर्छ । बाटोको दायाँतिर दमाईं जातिका घरहरू लहरै छन् । सिँढी चढेर डाँडामा पुगेपछि देखिन्छ ऐतिहासिक दरबार । यहाँ भेटिन्छन् रजवार (राजा) नारायणबहादुर सिंह र उनको परिवार । बझाङी राजा ओमजंगबहादुर सिंहको विसं २०१८ सालमा हत्या भएपछि यहाँको राजपरम्पराको अन्त्य भएको थियो ।

तत्कालीन समयमा बझाङ राज्यको सम्पूर्ण राजपाट हेर्ने जिम्मेवारीसहित राजाको पदवी दिइएका ओमजंगबहादुरले बझाङलाई स्वतन्त्र राज्य बनाउन खोजेपछि राजा महेन्द्रको सरकारले सेना लगाएर उनको हत्या गरेको थियो । त्यसपछि बझाङी राजसंस्था अन्त्य भएको थियो । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्