Logo

गुण्डानाइके सत्यमान लामा पक्राउ



काठमाडौं, ६ फागुन । गुण्डानाइके सत्यमान लामा पक्राउ परेका छन् । काभ्रेली समूहका प्रभावशाली सदस्य लामालाई गएराति लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको लामा काभ्रेली समूहको आर्थिक कारोबारका हर्ताकर्ता हुन् । समूहका दावा लामा खोजीको सूचीमा छन् । दावा असुरक्षित भएपछि सत्यमानले कारोबार हेर्दै आएका थिए ।

सत्यमान नेकपा नेता नविना लामाका निकट मानिन्छन् । विगतमा पक्राउ पर्दा पनि नविना छुटाउन पुग्थिन् । काभ्रे र रामेछापमा पाइने बुद्धचित्त सत्यमानको हालीमुहाली हुनेगर्छ । उनले बुद्धचित्तको मौसममा प्रभाव बनाएर तस्करी गर्छन् । लामामाथि गुण्डागर्दी, लुटपाट, अवैध डलर कारोबारलगायतको उजूरी छ ।



प्रतिक्रिया दिनुहोस्