Logo

सडक पेटीमा सुतेका व्यक्तिको टिपरले लियो ज्यान



काठमाडौं, फागुन ६ । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् ।

स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए । उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्