Logo

मन्त्री अर्यालको दाबी : सरकारको दुई वर्षे कार्यकाल पूर्ण सफल, संघीयता कार्यान्वयन सबभन्दा सफल (भिडियोसहित)



काठमाडौं, ६ फागुन । भूमि व्यवस्था, सहरी तथा गरिवी निवारणमन्त्री पद्यमा अर्यालले सरकारको दुई वर्ष पूर्ण सफल भएको दाबी गरेकी छिन् । उनले भनिन्,‘वर्तमाान प्रधानमन्त्रीको दुई वर्षे कार्यकाल सफलताको हिसाबले ऐतिहासिक हो । यद्धपी कार्यकालको धेरै भाग बाँकी नै छ । थोरै भाग सकिएको छ । पाँच वर्षमा गर्ने सबै काम अहिले नै सक्ने हो भने बाँकी वर्षमा के गर्ने हो ? त्यसैले दुई वर्षभित्रमा जुन हाम्रा जटिलता थिए, तीनलाई छिचोल्दै जति सफलता प्राप्त गर्यौं । त्यो ऐतिहासिक हो ।’

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ नामक लोकप्रिय कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन् । उनले थपिन्,‘यो दुई वर्षको सरकारमा हाम्रो कार्यकाल ऐतिहासिक छ, किनभने एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा जाने कुरा त्यति सहज कुरा होईन् । आफैंमा जटिल कुरा हो । र, पहिलोपटक हामी यो अभ्यास गर्दै थियौं । अरु संघीयता कार्यान्वयन भएका मुलुकका ईतिहास हेर्दा संघीयता कार्यान्वयन गर्दा ठूला ठूला द्धन्द्धहरु भएको, ठूला ठूला रक्तपातपनि भएको, त्यस्ता खालका घट्नाहरु पनि भेट्छौं । तर, नेपालमा हामीले सघीयता (यो सरकार) ले सकुशल छोटो समयमा अवतरण गर्न सक्नु नै सबभन्दा महत्वको कुरा हो । सबभन्दा ठूलो सफलताको कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्