Logo

विष्णु पौडेलमाथि संसदमा गगन थापाको व्यंग्य, सुनाए स्वस्थानी कथा (भिडियोसहित)



काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले ललिता निवास जग्गा प्रकरणबारे संसदमा बोलेका छन् । उनले उक्त प्रकरणमा केहीलाई छुट दिएको विषयमा आपत्ति जनाए ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने,‘‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन, होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु, विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु, विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो र हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि, देख्नुपर्नेले देख्‍ने छैनन् । इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे, श्री स्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण वर्णनम् प्रथमोध्याय ।’



प्रतिक्रिया दिनुहोस्