Logo

महराले सफाई पाएको पत्र संसद सचिवालयमा दर्ता



काठमाडौं, ६ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । गत असोज १९ गते पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् ।

अदालतको सफाई पाएसँगै महरा हिजै कारागारबाट रिहाई भएका थिए । अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नेछन् ।

महराले सफाई पाएको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । महराले सफाई पाएको कुरा सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्