Logo

सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग



काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले जनकपुर र भैरहवामा भएका सामूहिक बलात्कारका घटनामा पक्राउ परेका दोषीलाई कडा कारबाहीको माग गरेकी छिन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । त्यसैगरी उनले तराईका जिल्लामा रहेको दाइजो प्रथा, बालविवाहका घटना कम गर्न सरकारले विशेष कानुन ल्याएर योजना बनाउन आग्रह गरिन् । file photo



प्रतिक्रिया दिनुहोस्