Logo

एक वर्षभित्र एक हजार मेगावाट विद्युत उत्पादन थपिने



काठमाडौं, ६ फागुन । देशमा आगामी एक वर्षभित्र एक हजार मेगावाट विद्युत उत्पादन थपिने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा बोल्दै एक हजार मेगावाट विद्युत उत्पादन थपिने बताएका हुन् ।

सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा मन्त्री पुनले माथिल्लो तामाकोशीसहितका ठूला र मध्यम स्तरका आयोजनाहरुको निर्माण पूरा हुन लागेको बताए । उनले आउँदो वर्षायाममा चार सय मेगावाट विद्युत निर्यातको योजना समेत सुनाए । आगामी दुई वर्षभित्र सबै घरमा विद्युत पुर्याउने बताए ।

सरकारले सबै काठका पोलहरु विस्थापित गर्न लागेको र अन्डरग्राउन्ड तारको शुरुवात भइसकेको बताए । देशभरका चार लाख काठका पोलहरुमध्ये ३० हजार पोलहरु विस्थापित भइसकेको र बाँकी पोलहरु पनि विस्थापित गर्ने सुनाए ।

बुढीगण्डकी आयोजनामा कसैलाई ठेक्का नदिएको सुनाए । बुढीगण्डकीमा ७० प्रतिशतलाई मुआब्जा पाइसकेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्