Logo

सेनाको पृतनापति बैठकमा के भयो



काठमाडौं, ६ फागुन । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । ४ देखि ६ फागुनसम्म चलेको बैठकमा उपत्यकासहित सबै पृतनाका प्रमुखहरुले रिपोर्ट तथा सुझाव प्रस्तुत गरेका थिए ।

सैनिक स्रोतका अनुसार पृतनापति बैठकमा आ आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए । आन्तरिक सुरक्षामा कहाँ कहाँबाट कस्तो चुनौती रहेको छ भन्नेबारे समेत छलफल भएको बुझिएको छ ।

पृतनापति बैठकको अन्तिम दिन प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षामा कटिवद्ध भएर लाग्न निर्देशन दिए । थापाले पृतनापतिहरुलाई सुरक्षा मामलामा विशेष निर्देशन समेत दिए ।- Photo Source: Nepal Army



प्रतिक्रिया दिनुहोस्