Logo

कोरोना भाइरसबाट संक्रमितको संख्या ७३ हजार नाघ्यो



काठमाडौं, ६ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या दुई हजार पुग्न लागेको छ । मंगलबार सम्म पाँचजनाबाहेक सबै कोरोना भाइरस संक्रमितको मृत्युको घटना चीनमा भएको हो ।

विश्वभर ७३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमितहरु भेटिएका छन् । चीनको उहानस्थित उचाङ अस्पतालका प्रमुखको समेत कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

क्रुज जहाजहरुमा पनि कोरोना भाइरसका संक्रमित भेटिन थालेका छन् । अमेरिकामा तीन सय मानिस चढेको क्रुजमा भाइरस भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्