Logo

आइजीपी ज्ञवालीले कर्मचारी प्रशासनमा एसपी फेरे



काठमाडौं, ६ फागुन । नेपाल प्रहरीका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले कर्मचारी प्रशासन शाखाका एसपी फेरेका छन् । चन्द्रकुवेर खापुङको ठाउँमा उनले जर्नादन जिसीलाई ल्याएका छन् ।

खापुङलाई विशेष ब्युरोमा खटाएका छन् । यसैगरी भुपेन्द्र खत्रीलाई आइजीपी सचिवालयमा ल्याएका छन् । खापुङ निवर्तमान आइजीपी सर्वेन्द्र खनालको पालामा कर्मचारी प्रशासन शाखामा लामो समय बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्