Logo

चैते दशैँमा दमौलीमा खाना महोत्सव, यस्ता छन् आकर्षणहरु



फागुन ६, काठमाण्डौ । क्षेत्रीय होटल संघ तनहुँले भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले चैते दसैंको अवसर पारेर तनहुँको दमौलीमा खाना महोत्सव आयोजना गर्ने भएको छ । संघका अध्यक्ष राम जोशीको अध्यक्षतामा बसेको समितिको बैठकले २०७६चैत १९, २०, २१ र २२ गते गरि ४ दिन दमौली स्थित खुल्ला मैदानमा महोत्सव गर्ने निर्णय गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई तनहुँमा भित्र्याउने लक्ष्यसहित खाना महोत्सव गर्न लागिएको अध्यक्ष जोशीले जानकारी दिए । महोत्सवमा स्थानीय खानाका विभिन्न परिकारहरु मुख्य आकर्षण रहनेछ ।

महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूले मनोरञ्जन दिनुका साथै दोहोरी गित र कन्सर्ट आयोजना गरिने क्षेत्रीय होटल संघका बरिस्ठ उपाध्यक्ष बिकास खनालले बताए । ३० वर्ष माथिका श्रीमानले श्रीमती बोकेर दौडने प्रतियोगिता, मः मः खाने प्रतियोगिता, आइसक्रीम खाने प्रतियोगिता पनि संचालन हुनेछ ।

संघका महासचिव चन्द्र कुमार कायस्थकाअनुसार महोत्सव तयारीका लागि अध्यक्ष जोशीको सँयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । समितिको निर्देशकमा राजकुमार श्रेष्ठ, प्रवक्तामा विकास खनाल र सचिवालय संयोजकमा चन्द्रकुमार कायस्थ रहेको निर्देशक श्रेष्ठले बताए । संघले यसअघि पनि २०७१ सालमा यस किसिमको कार्यक्रम आयोजना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्