Logo

इन्ट्री परमिट : किन ग¥यो नेपालले यस्तो प्रस्ताव ?



फागुन ६, काठमाण्डौ । नेपालको एक मात्र यस्तो छिमेकी जोसँग खुला सिमाना छ । हो, भारत खुला सिमाना भएको नेपालको मित्र राष्ट्र हो । खुला सिमानाकै कारण धेरै समस्याहरु पनि देखिने गरेको छ । खुला सिमानासँगै एक देशका नागरिक अर्को देशमा जानका लागि राहदानी पनि आवश्यक पर्दैन । अब भने इन्ट्री परमिट अर्थात प्रवेश अनुमतिको नियम लगाएर राहादानीको पनि प्रयोग गर्नुपर्ने भएको छ । तर यो नयाँ नियम नेपाली नागरिक केन्द्रित देखिएको छ ।

भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीबाट नेपाल हवाइमार्गमार्फत यात्रा गर्दा ‘इन्ट्री परमिट’ अनिवार्य गरिएको हो । नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले दिल्लीबाट हवाइ यात्रामार्फत काठमाडौं फर्कदा राहदानी अनिवार्य गरिएको हो । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले यो नियम ल्याएको हो ।

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ । तर भारतीय नागरिकलाई भने यो नियम लगाइएको छैन । अर्थात सडक यात्राबाट नेपाल आएका भारतीयहरु हवाईमार्ग हुँदै स्वदेश फर्कन चाहेका इन्ट्रि परमिट आवश्यक पर्दैन । यसरी नेपाली नागरिक केन्द्रित गरी नियम ल्याइएको भन्दै विज्ञहरुले असन्तुष्टि जनाएका छन् । परराष्ट्रविद् रमेशनाथ पाण्डेले असमझदारी र प्रसासनिक कमजोरीहरुको परिणाम भएको टिप्पणी गरेका छन् ।

इन्ट्रि परिमाट लागु हुनुअघि नागरिकताका आधारमा यात्रा गर्न पाइने व्यवस्था थियो । नेपाल भारत सम्बन्ध दुई देशका सरकारको मात्र नभएर आम जनताको स्तरमा अत्यन्त नजिकको सम्बन्ध रहेकोले यस्ता साना तिना त्रृटि देखिदा अथवा कमजोरी हुदा यसले आम जनतामा तत्काल प्रभाव पर्ने पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका पाण्डे बताउँछन् ।

दूतावासले जारी गरेको सूचनामा नेपाल–भारतबीच रहेको खुला सिमानाका कारण नेपालीहरूलाई स्थलमार्गबाट भारत प्रवेश गर्न सहज रहेको सर्व्विदितै रहेको’ भनिए पनि ‘स्थलमार्ग हुँदै भारत आएर तेस्रो मुलुक उड्न खोज्दा समस्या आइपर्ने भएकाले काठमाडौंबाटै उडान भर्न’ आग्रह गरिएको छ ।

तर सूचनामा भनिएजस्तो तेस्रो मुलुक उड्न खोज्दा मात्रै नभएर विशेष परिस्थितिमा सडकमार्गबाट दिल्ली गएर विमानबाट काठमाडौं फर्कन चाहने नेपाली यात्रु पनि ‘उडान प्रतिबन्धित स्थितिमा पुगेका छन् ।

यसैगरी, खाडीका साउदी अरेबिया, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, बहराइन र मध्यपूर्वका सिरिया, इराक तथा पश्चिम एसियाको लेवनानका हकमा दिल्ली हुँदै उड्न चाहने नेपाली श्रमिकले श्रम स्वीकृति र दिल्लीस्थित दूतावासको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य चाहिने नियम लागू भएको छ । त्यसैले ज्याला मजदुरी गर्ने श्रमिकले सस्तो टिकट र प्रत्यक्ष उडान सुविधाका कारण त्यहा कयौ नागरिक पुगेका छन् । यसरी त्यहा पुगेका नागरिकले काठमाडौ फर्कन चाहेको खण्डमा कठिनाई बेहोर्नुपर्ने स्थिति देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्