Logo

महराको अबको बाटो : कानुनी रुपमा बेदाग, नैतिकता फिर्ता होला ?



फागुन ६, काठमाण्डौ । सोमबार जिल्ला अदालतबाट बलात्कार प्रयास अभियोगमा सफाइ पाएसँगै पूर्व सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवन के होला भन्ने बारे चर्चा सुरु भएको छ । उनले अदालतबाट सफाइ पाए लगतै उनको संघीय संसदमा सांसदको हैसियतमा प्रतिनिधिसभा बैठकमा भाग लिन बाटो त खुलेको छ । सिंगो राजनीति भविष्यमा भने ठुलो धक्का लागेको छ ।

अहिलेको नियमावलीअनुसार भ्रष्टाचार मुद्दा दर्ता भएको बाहेक अन्य अभियोग प्रमाणित नहुँदासम्म सांसद पद निलम्बन नहुने कानुनी व्यवस्था छ । बलात्कार अभियोग लागेलगत्तै कृष्णबहादुर महरा पक्राउ परेकाले सांसदको हैसियतमा काम गर्न नपाएका उनी जेल मुक्त भएसँगै राजनीतिक जीवन पूर्ववत अघि बढाउन कानुनी समस्या छैन । तर यो प्रकरणमा उनले अपूरणीय राजनीतिक क्षति भने व्यहोरिसकेका छन् ।

जसले अव महरा कसरी अघी बढ्ला, उनको राजनीतिक भविष्य के होला भन्ने प्रश्न उठ्नु स्वाभाविक मान्न सकिन्छ । यद्यपी उनलाई अव कानुनी र संवैधानिक हिसावले कुनै समस्या नभएको बताउँछन् कानुनविद् रमण श्रेष्ठ ।

तर जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालतमा जाने बाटो भने खुलै छ । उता सोमबार जेलमुक्त भए लगतै महराले विज्ञाप्ती जारी गर्दै आफुमाथि राजनीतिक षड्यान्त्र भएको प्रतिक्रिया दिएका थिए ।

उनले अवको आफ्नो लडाइ स्वाधिनताको रक्षा आफ्नो पहिलो प्रथामिकता हुने पनि बताएका थिए । राजनीतिमा रहदां पदको हिसावले उनी उपप्रधानमन्त्रीका साथै सभामुख भइसकेका व्यक्ति हुन् । अब महराले पाउन बाँकी प्रधानमन्त्री र पार्टी अध्यक्ष पद मात्र हो । उनका लागि यो पद हासिल गर्न कानूनी रुपमा त अवरोध छैन । तर नैतिक रुपमा समाजलाई आफू निर्दोष रहेको आश्वस्त पार्नुपर्ने चुनौति महरासमक्ष रहेको श्रेष्ठ बताउँछन् ।

महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट पाएको सफाइ पत्र संघीय संसद सचिवालयमा पुगेको छ । योसंगै महराको प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए । सोमबार अदालतबाट छुटेसँगै महरा कारागारबाट छुटेका थिए ।



प्रतिक्रिया दिनुहोस्