Logo

सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति



काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताएका छन् ।

मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उनले कर्णाटकालीन इतिहास बोेकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष पुरानो महादेव मन्दिरको अवशेष भेटिएकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । (राससबाट)



प्रतिक्रिया दिनुहोस्