Logo

गोरखापत्रको कोहलपुर संस्करण सुरु



काठमाडौँ, ७ फागुन । गोरखापत्र दैनिकको कोहलपुर संस्करणको औपचारिक प्रकाशन आजदेखि सुरु गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर कोहलपुर संस्करणको औपचारिक प्रकाशन थालिएको गोरखापत्र संस्थान व्यवस्थापनले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गर्दै गोरखापत्र दैनिक र दी राइजिङ नेपालको प्रकाशन थालिएको हो । गोखापत्र दैनिकको यो दोस्रो संस्करण हो । प्रकाशनको पहिलो संस्करण विराटनगरबाट संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रकाशन सुरु भएको थियो । मुलुकको जेठो पत्रिका गोरखापत्र ११९ वर्षदेखि नियमित प्रकाशित हुँदै आएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्