Logo

अब सबै आयोजना ‘आयोजना बैङ्क’मा



काठमाडौँ, ७ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सरकारी निकायका सम्पूर्ण आयोजनाको विवरण राष्ट्रिय आयोजना बैङ्कमा पेस गर्न आग्रह गरेको छ । आयोगद्वारा मङ्गलबार मन्त्रालय तथा विभागका सहसचिव, उपसचिव तथा अधिकृतहरूसँग बैङ्कबारे आयोजित अन्तक्र्रियामा उनले सो आग्रह गरेको हो ।

योजना आयोगले फागुन १५ गतेसम्म आयोजनाको विवरण राष्ट्रिय आयोजना बैङ्कमा राखिसक्नुपर्ने जनाएको छ । उपाध्यक्ष कँडेलले राष्ट्रिय आयोजनालाई व्यवस्थित गर्न र कार्यान्वयनको पक्षलाई बलियो बनाउन बैङ्कको अवधारणा ल्याइएको बताएका छन् ।  यसै कामका लागि आफूहरू आयोगमा आएको भन्दै उपाध्यक्ष कँडेलले सुरुमा केही असहज परिस्थिति आए पनि कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका थिए । उनले कतिपय आयोजना तीस÷चालीस वर्षदेखि चलिरहेको तर कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नभएका कारण त्यस्ता कारण आयोजना कार्यान्वयन लैजान र समयमा पूरा गर्न पनि बैङ्क स्थापना गरिएको स्पष्ट गारे ।

आयोगका अनुसार हरेक आयोजनाको विवरण राष्ट्रिय आयोजना बैङ्कमा राख्नुपर्ने हुन्छ । आयोगका सदस्य सुशील भट्टले नतिजामुखी तथा परिणाममुखी आयोजनाका लागि आयोजना बैङ्कमा जानुको विकल्प नभएको दाबी गरेका छन् । उनका अनुसार हरेक निकायका आयोजनाको अवधि, लागत, स्थान, प्रभावकारिता, फाइदालगायतका सम्पूर्ण विवरण बैङ्कको अनलाइनमा राख्नुपर्ने हुन्छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्