Logo

बेलायतको भीसा पाउने नयाँ प्रणाली आयो



एजेन्सी, ७ फागुन । बेलायतले कम दक्ष कामदारलाई भीसा नदिने भएको छ । ब्रेक्जिटपछि बेलायत सरकारले यस्तो नीति सार्वजनिक गरेको हो ।

बेलायतले युरोपेली युनीयनभित्र र बाहिरबाट आएको कामदारलाई उस्तै व्यवहार गर्ने नीति लिनेछ । सस्तो भन्दा दक्ष कामदारलाई प्राथमिकतामा राखेर काम गर्ने नीति सार्वजनिक गरेको हो ।

बेलायतबाहिरबाट आउने कामदारले अंग्रेजी जान्नुपर्ने र प्रयोजकबाट दक्ष कामको आव्हान हुनुपर्नेछ । यस अवस्थामा बेलायतमा कामदार बनेर भीसा पाउन चाहनेले ५० अंक प्राप्त गर्नेछ । कुल अंक ७० ल्याएमा मात्र कामदार भीसा पाउन सक्नेछ । आप्रवासीले उक्त अंक ल्याउन योग्यता, तलब, कामको क्षेत्र र आवश्यकता समेतलाई आधार मानिनेछ ।

उदाहरणका लागि पीएचडी गरेको व्यक्तिले कामदारको भीसा पाउन यस्तो प्रणाली विकास गरिएको छ ।

कामदार भीसा पाउन अंकको आधार
प्रस्तावित अंक प्रणाली
अनिवार्य आवश्यकता
अनुमतिप्राप्त प्रयोजकबाट जागिरको आव्हान- २० अंक
ठिक दक्षताको तहमा जागिर- २० अंक
आवश्यकताको तहमा अंग्रेजी- १० अंक
तलबलाई अंक
२३०४० देखि २५५९९ पाउन्ड- १० अंक
२५६०० भन्दा माथि- २० अंक
थप अंक
अभाव भएको पेशाको जागिर- २० अंक
जागिरसम्बन्धि विषयको पीएचडी- १० अंक
सम्बन्धित स्टिम विषयमा पीएचडी- २० अंक
-बीबीसीबाट



प्रतिक्रिया दिनुहोस्