Logo

तानातानमा माधव नेपाल



काठमाडौँ, ७ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तीन महिने विशेष अभियान शुरु हुन लागेको छ । सोही अभियानका लागि बाँके जान लागेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेपालको काटेश्वरस्थित घरमा पुगेको स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले नेपालको निवासमा करिव डेड घण्टा छलफल गरिएको बुझिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा नेपाल निवास पुगेर भेट गरे । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालसँग भेटघाट गरिएको छ । माघ १९ गते सकिएको नेकपा केन्द्रीय कमिटी बैठकपछि नेता नेपाललाई भेट्न र विमर्शका लागि नेतृत्वपंक्रि सक्रिय भएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्