Logo

कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु



एजेन्सी, ७ फागुन । कारमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ । आज भएको घटनामा काल चालक पुरुषसहित तीन बालबालिकाको निधन भएको हो ।

यो घटना अष्ट्रेलियाको ब्रिसबनको हो । मर्ने सबै बालबालिका १० वर्ष मुनीका छन् । घटनामा एकजना महिला गम्भीर घाइते छिन् । उनको उपचार भइरहेको छ । कारमा आगो लागिरहँदा महिला फाल हालेर ज्यान जोगाउन सफल भएकी हुन् । कारमा सवारमध्ये सबै स्थानीय हुन् ।

स्थानीय प्रहरीले घटनाको कारणबारे केही उल्लेख गर्न मानेको छैन । तर, कारबाट फाल हाल्दा महिलाले आफूमाथि पेट्रोल खन्याइएको भन्दै चिच्याएकी थिइन् ।-Photo Source: Yahoonews



प्रतिक्रिया दिनुहोस्