Logo

कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार



काठमाडौं, ७ फागुन । आजबाट पूर्व रानी कोमल राज्यलक्ष्मी शाह ७० वर्ष पुगेकी छिन् । राणा शासन अन्त भई प्रजातन्त्र स्थापना भएकै दिन ७ फागुन २००७ सालमा कोमलको जन्म भएको थियो ।

राणा परिवारकी कोमलको विवाह तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग भएको थियो । कोमलको जन्मदिनमा यतिबेला पूर्व राजपरिवार भारतमा छ ।
राजपरिवारले कोमलको जन्म भारतमै मनाउने भएको छ । पूर्व राजा कोमल र परिवारका सदस्यसहित यही आइतबार भारत प्रस्थान गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्