Logo

अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने



एजेन्सी, ७ फागुन । अफगानिस्तानमा असरफ घानी राष्ट्रपति निर्वाचित भएका छन् । चुनाव भएको पाँच महिनापछि त्यहाँको निर्वाचन आयोगले उनलाई विजयी घोषित गरेको हो ।

मंगलबार निर्वाचित घोषणा गरेपनि उनका प्रतिद्धन्द्धी अब्दुल्ला अब्दुल्लाले निर्वाचिन आयोगको घोषणालाई नमान्ने बताएका छन् । उनले समानान्तर सरकार बनाएर काम गर्ने बताइसकेका छन् ।

अफगानिस्तानमा घानी र अब्दुल्लाबीचको द्धन्द्धले नयाँ संकट ल्याउने सम्भावना देखिएको छ ।-Photo Source: Khaama



प्रतिक्रिया दिनुहोस्