Logo

सरकारमा जान तम्तयार राजपा किन पछि हट्यो



काठमाडौं, ७ फागुन । राष्ट्रिय जनता पार्टी सरकारमा जान तम्तयार थियो । राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी गठबन्धन बनाएर सफलता समेत हासिल गरेको थियो । उसले राष्ट्रियसभा चुनावमा दुई सिट सुनिश्चित गर्यो ।

प्रदेशमा समाजवादी पार्टीसँग गठबन्धन गरेको राजपाले नेकपासँग निकटा बढाएपछि सरकारमा जाने सम्भावना समेत देखिएको थियो । राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा गएमा पाउने मन्त्रालय र संख्याबारे समेत छलफल गरिसकेको थियो । उपसभामुख पदमा समेत प्याकेजमै सहमतिको प्रयास भइरहेको थियो ।

ओली सरकारबाट समाजवादी पार्टी फिर्ता भएपछि राजपा सरकारमा जाने सम्भावना बढ्दै थियो । यसैबीच राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो र शरतसिंह भण्डारी दिल्ली गए । उनीहरु एक हप्ता दिल्ली पुगेर महत्वपूर्ण भेटवार्ता गरे ।

राजपा नेताहरु दिल्ली पुगेर फर्किएलगत्तै नयाँ माहोल बन्नुलाई अर्थपूर्ण मानिएको छ । राजपा अब सरकारमा नजाने टुंगोमा पुगेको छ । यसबारे महतोसँग सोध्दा राजपा सरकारमा जाने अवस्था नभएको बताए । उनले भने, यथावस्थामा सरकारमा जान सकिदैन । राजपाले संविधान संशोधनको मुद्दालाई सर्तका रुपमा लिदै आएको छ ।

बाहिर जे भएपनि राजपा र समाजवादी पार्टीको गठबन्धन टुट्न नदिन ठूलै शक्ति लागेको छ । प्रधानमन्त्री ओलीले यो गठबन्धन टुटाउन खोजेको विश्लेषण हुँदै आएको थियो । मधेश केन्द्रित शक्तिलाई एकजुट राखिरहने गरी विगतमा जसरी रणनीति चालिएको थियो अहिले जोगाउन त्यसरी नै रणनीति बनेको देखिन्छ । –File Photo



प्रतिक्रिया दिनुहोस्