Logo

केपीलाई हटाउन प्रचण्ड गृहकार्य



काठमाडौं, ७ फागुन । पार्टी नेताहरूबीचको एकता सुदृढ हुँदै गएको विश्वासमा रहेका नेकपाका कार्यकर्ताहरूले एकपटक फेरि आपसमा ‘कुस्ती खेल्ने’ स्थिति उत्पन्न हुने सङ्केत देखिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई पदमुक्त गराउने योजना भित्रभित्रै बनाउन थालेपछि पार्टीभित्र निकट भविष्यमै तनाव पैदा हुन सक्ने सम्भावना बढेको हो ।

प्राप्त जानकारीअनुसार केपी ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुअघि नै उनलाई पदमुक्त गर्ने रणनीतिक योजना प्रचण्डले बताएका छन्। प्रधानमन्त्रीका रूपमा केपीलाई नयाँ साल ९वि।सं। २०७७० हेर्न नदिने योजनामा प्रचण्ड रहेको बुझिएको छ । पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति र संसदीय समितिमा केपी ओली न्यून मतमा गएको र आफूहरू झन्डै सत्तरी प्रतिशतभन्दा बढी सङ्ख्यामा भएको विश्वास र विश्लेषण प्रचण्डको छ र, केपी ओली पार्टी विभाजन गर्न नसक्ने हैसियत ९चालीस प्रतिशतभन्दा कम० मा झरेको प्रचण्ड पक्षको ठहर छ । सबभन्दा रोचक कुरा त सचिवालय सदस्यहरू विष्णु पौडेल र ईश्वर पोखरेलसमेतले अन्ततः केपीलाई छोडेर आफूलाई साथ–सहयोग दिनेमा प्रचण्ड विश्वस्त छन् ।

नौजनाको सचिवालयमा केपी ओली एक्लै पर्ने, सतचालीसजनाको स्थायी समितिमा ओलीको पक्षमा बढीमा नौजना मात्र रहने र केन्द्रीय समितिमा दुईतिहाइभन्दा बढी सदस्य केपीका विरुद्ध खडा हुने विश्लेषण प्रचण्डको छ । त्यसैले बहुमतकै आधारमा केपीविरुद्ध निर्णय गराउँदै जाने र अन्ततः पार्टीको जिम्मेवारीबाट समेत पन्छाउने योजना बनाएका छन् । झलनाथ खनाल, वामदेव गौतम र माधवकुमार नेपालको साथ केपीलाई नभएर आफैँलाई हुने विश्वासका आधारमा प्रचण्ड ‘ढुक्क’ रहेको बुझिन्छ ।

माओवादीपट्टिका जतिलाई एकताबद्ध राख्ने र एमालेतिरका बढीभन्दा बढीको समर्थन आफूलाई जुटाउने गृहकार्यमा आफू सफल भएको प्रचण्ड ठान्दैछन् । यदि माधवकुमार नेपाल प्रचण्ड योजनाको सहयोगी भूमिकामा कायम रहे भने केपीले आफूलाई कसरी रक्षा गर्न सक्लान्, जिज्ञाशाको विषय बनेको छ । तर, माधव नेपालले केपीलाई प्रधानमन्त्रीबाटै हटाउनका लागि प्रचण्डलाई सहयोग गर्ने विश्वास गरिएको छैन ।

झलनाथ खनाल जहिले पनि केपीविरुद्ध रहेको र वामदेव गौतमलाई ‘आफ्नो बनाउन’ सजिलो हुने भएकोले प्रचण्ड माधव नेपालप्रति मात्र विश्वस्त हुन सकेका थिएनन् । केपी र माधवबीच साँच्चै दूरी बढेको महसूस भएपछि प्रचण्डको आत्मविश्वास बढ्न पुगेको हो । तथापि वामदेव गौतमको भूमिका भने बदलिने अपेक्षा गरिएको छ । गौतम कुनै पनि बेला केपीको सहयोगी भूमिकामा देखापर्नुभयो भने आश्चर्य हुने छैन । वामदेव बदलिएमा त्यसको प्रभाव माधवमा समेत पर्नेछ ।
प्राप्त जानकारीअनुसार केपी ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुअघि नै उनलाई पदमुक्त गर्ने रणनीतिक योजना प्रचण्डले बनाएका छन् । प्रधानमन्त्रीका रूपमा केपीलाई नयाँ साल ९वि।सं। २०७७० हेर्न नदिने योजनामा प्रचण्ड रहेको बुझिएको छ । पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति र संसदीय समितिमा केपी ओली न्यून मतमा भएको र आफूहरू झन्डै सत्तरी प्रतिशतभन्दा बढी सङ्ख्यामा भएको विश्वास र विश्लेषण प्रचण्डको छ र, केपी ओली पार्टी विभाजन गर्न नसक्ने हैसियत ९चालीस प्रतिशतभन्दा कम० मा झरेको प्रचण्ड पक्षको ठहर छ । सबभन्दा रोचक कुरा त सचिवालय सदस्यहरू विष्णु पौडेल र ईश्वर पोखरेलसमेतले अन्ततः केपीलाई छोडेर आफूलाई साथ–सहयोग दिनेमा प्रचण्ड विश्वस्त देखिन्छन् ।

नौजनाको सचिवालयमा केपी ओली एक्लै पर्ने, सतचालीसजनाको स्थायी समितिमा ओलीको पक्षमा बढीमा नौजना मात्र रहने र केन्द्रीय समितिमा दुईतिहाइभन्दा बढी सदस्य केपीका विरुद्ध खडा हुने विश्लेषण प्रचण्डको छ । त्यसैले बहुमतकै आधारमा केपीविरुद्ध निर्णय गराउँदै जाने र अन्ततः पार्टीको जिम्मेवारीबाट समेत पन्छाउने योजना उनले बनाएका छन् । झलनाथ खनाल, वामदेव गौतम र माधवकुमार नेपालको साथ केपीलाई नभएर आफैँलाई हुने विश्वासका आधारमा प्रचण्ड ‘ढुक्क’ रहेको बुझिन्छ ।

माओवादीपट्टिका जतिलाई एकताबद्ध राख्ने र एमालेतिरका बढीभन्दा बढीको समर्थन आफूलाई जुटाउने गृहकार्यमा आफू सफल भएको प्रचण्ड ठान्छन् । यदि माधवकुमार नेपाल प्रचण्ड योजनाको सहयोगी भूमिकामा कायम रहनुभयो भने केपीले आफूलाई कसरी रक्षा गर्न सक्लान्, जिज्ञाशाको विषय बनेको छ । तर, माधव नेपालले केपीलाई प्रधानमन्त्रीबाटै हटाउनका लागि प्रचण्डलाई सहयोग गर्नुहुने विश्वास गरिएको छैन ।

झलनाथ खनाल जहिले पनि केपीविरुद्ध रहेको र वामदेव गौतमलाई ‘आफ्नो बनाउन’ सजिलो हुने भएकोले प्रचण्ड माधव नेपालप्रति मात्र विश्वस्त हुन सकेका थिएनन् । केपी र माधवबीच साँच्चै दूरी बढेको महसूस भएपछि प्रचण्डको आत्मविश्वास बढ्न पुगेको हो । तथापि वामदेव गौतमको भूमिका भने बदलिने अपेक्षा गरिएको छ । गौतम कुनै पनि बेला केपीको सहयोगी भूमिकामा देखापरे भने आश्चर्य हुने छैन । वामदेव बदलिएमा त्यसको प्रभाव माधवमा समेत पर्नेछ ।
यसरी प्रचण्ड ‘माओवादी’लाई एकताबद्ध गर्ने, ‘एमाले’का नेतामध्ये ‘सकिने जति चोर्ने र पार्टीको सर्वाधिक शक्तिशाली नेता बन्ने’ अभ्यास गरिरहँदा अर्कोतिर ‘एमाले’ एकताबद्ध हुने र ‘माओवादी’पट्टिकाहरूको समेत विश्वास लिएर अघि बढ्ने योजनाअनुरूपको अभ्यास पनि शुरु भएको छ । सभामुख प्रकरणमा आफ्नो पराजय भएयता केपी निकै गम्भीर बन्नुभएको छ । गत माघमा सम्पन्न केन्द्रीय समितिको बैठकमा आफ्ना पक्षका नेताहरूको भूमिका कमजोर देखिएपछि ओली ‘समीक्षा र विश्लेषण’ गरेर अघि बढ्ने निष्कर्षमा पुगेका थिए । केन्द्रीय समितिको बैठक सकिएको केही दिनमै एउटा विशेष रणनीतिक भेला काठमाडौंमा गुप्त रूपले सम्पन्न भएको छ । ईश्वर पोखरेलको विशेष तत्परतामा सम्पन्न भेलामा मुख्यमन्त्रीहरू शेरधन राई, डोरमणि पौडेल, शङ्कर पोखरेल र पृथ्वी सुब्बा गुरुङसहित केपी ओलीमाथि भरोसा र विश्वास राख्ने देशभरिका अगुवा नेताहरू सहभागी भएका थिए । भेलाले आफ्ना कमजोरीहरू पहिचान गर्दै भावी रणनीतिक योजना तर्जुमा गरेको बुझिएको छ ।

जतिसुकै कमजोर ठानिएको भए पनि पार्टीमा केपीको स्थिति प्रचण्डहरू धेरै नै खुशी हुनुपर्ने स्तरको नभएको देखिन्छ । पार्टी विभाजनमा जानबाट प्रचण्डलाई रोक्न सक्ने ताकत आफूहरूसँग भएको ठहर केपी समर्थकहरूले गरेका छन् । यसबीचमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूसँग आपसी समझदारी एवम् विश्वास बढाउने प्रयास पनि प्रधानमन्त्री ओलीबाट भइरहेको छ । सरकारको नेतृत्व बदल्ने र पार्टी तथा सरकारमा आफ्नो शक्ति बढाउने प्रचण्डको योजना असफल बनाएर पार्टीलाई एकताबद्ध राख्न सकिने विश्वासका साथ प्रधानमन्त्री क्रियाशील भएको पाइएको छ ।

राजनीतिक स्थिति अनुकूल तुल्याएपछि केपी आफ्नो स्वास्थ्योपचार ९मिर्गौला प्रत्यारोपण० मा लाग्नुहुने सोचमा रहनुभएको बुझिन्छ । उता प्रचण्ड भने स्वास्थ्योपचारपछि केपीसँग लड्न कठिन हुने भएकोले जतिसक्दो चाँडो केपीविरुद्धको कदम चाल्ने तयारीमा रहेका छन्। यही जानकारी पाएपछि केपीले ‘सरकार बदल्ने षड्यन्त्र हुन थालेको’ भन्दै त्यसको प्रतिवाद गर्न अप्रत्यक्ष ढङ्गले समर्थकहरूलाई आह्वान गरेका छन् । नेकपाको सर्वेसर्वा बन्ने सपना पूरा गर्न प्रचण्डले चाल्ने कदमले नेकपालाई विभाजित गर्ने हो या अर्कै अवस्थामा पु¥याउने हो सो भने प्रतीक्षाको विषय भएको छ ।-घटना र विचारबाट File Photo

 



प्रतिक्रिया दिनुहोस्