Logo

रमझम गरेर र सडकमा नाचेर पर्यटक आउँदैनन्’ : डा. भट्टराई



काठमाडौं, ७ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा कडा टिप्पणी गरेका छन् ।

उनले सस्तो रमझमले भ्रमण वर्ष सफल नहुने भन्दै सफल बनाउनको लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अत्यावश्यक पुर्वाधार बनाउने हो भने पर्यटक स्वतः आकर्षित हुने धारणा राख्दै भने,‘हामी हामी रमझम गरेर, सडकमा नाचेर पर्यटक आउँदैनन् । पूर्वाधार बनाइदिउँ, आफैं आउँछन् ।’ file photo



प्रतिक्रिया दिनुहोस्