Logo

प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’



नेपालगन्ज, ७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले सत्ता नचलाओस भन्ने चेतावनी दिएका छन् । उनले सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको गम्भिर आरोप लगाए ।

बुधबार बाँकेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले सरकार सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा चलिरहेको टिप्पणी गरेका हुन् । थापाले भने,‘सरकार पाँच वर्ष होइन, ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस, लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर देश बन्दैन । नागरिक बलियो भए मात्र सरकार बलियो हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्