Logo

अमृतसरमा पूर्व राजपरिवारले मनायो कोमलको जन्मदिन



काठमाडौं, ७ फागुन । पूर्व रानी कोमल राज्यलक्ष्मी शाहको ७० औं जन्मदिन पूर्व राजपरिवारले भारतको अमृतसरमा मनाएको छ । आइतबार दिल्ली प्रस्थान गरेको पूर्व राजा र पूर्व रानीसहितको परिवार हिजो अमृतसर पुगेको हो ।

अमृतसरमै पूर्व राजपरिवारका सदस्य भेला भएर कोमलको जन्मदिन मनाएको बुझिएको छ । उनीहरु भोलि दिल्ली फर्कने कार्यक्रम रहेको पूर्व राजपरिवार निकट स्रोतले जानकारी दिएको छ ।

आजबाट पूर्व रानी कोमल राज्यलक्ष्मी शाह ७० वर्ष पुगेकी छिन् । राणा शासन अन्त भई प्रजातन्त्र स्थापना भएकै दिन ७ फागुन २००७ सालमा कोमलको जन्म भएको थियो । राणा परिवारकी कोमलको विवाह तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग भएको थियो ।



प्रतिक्रिया दिनुहोस्