Logo

के विवाह पछि प्रेम हुन्छ त



सामान्यतयाः नेपालमा मागी विवाह नै भएको पाइन्छ । अघिल्लो समयमा प्रेम विवाह कम भएपनि आजभोली भने प्रेम विवाह पनि धेरै मात्रामा बढ्दै गएको छ । विवाह पछि यौन सम्र्पकबाट श्रीमान् श्रीमतीको वैवाहिक जीवन सुरुवात हुने गर्छ । समयको साथमा यौन सम्र्पकपश्चात् नै सम्बन्ध बलियो हुँदै जान्छ र दूईको सम्बन्ध विस्तारै विस्तारै प्रेममा बदलिन्छ । सत्य कुरा चाही यौन सम्पर्कले प्रेम सम्बन्धलाई थप बलियो बनाउँछ ।

जो सँग विवाह हुन्छ उसलाई माया गर्नु पर्ने हु्न्छ यसमा कुनै विकल्प नै हुदैन । गृहस्थ जीवन सफलता पुर्वक चलाउनका लागि दूईमा नै प्रेम हुनु आवश्यक हुन्छ । एक अन्जान व्यक्तिको लागी आफ्नो घर परिवार,दाजु भाई ,दिदी बहिनी, आमा बुबा सबै छाडेर आएकी, उनलाई माया गर्नु स्वाभाविक हुन्छ । पत्नीको विशेष धर्म पतिका सेवा, ख्याल, ध्यान राख्नु पति प्रतिको प्रेम भाव हुने गर्छ । यसैकारण पतिको पनि पत्नि प्रति प्रेम बढ्दै जान्छ ।

आजको पिढीले पनि पहिले कै पिढीको नाता सम्बन्ध देखिरहेका छन् । पहिलेका पति पत्नीका प्रेम भाव उच्च कोटीको थियो । आज पनि वर्षौ साथ रहेता पनि पति पत्नीमा प्रेम देख्न सकिन्छ । वर्तमान समयमा शायद प्रेमी प्रमीका ले पनि यस्तो माया गर्दैनन् ।



प्रतिक्रिया दिनुहोस्