Logo

यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि



फागुन ७, काठमाण्डौ । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार लतिलपुरमा सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् । इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६४२ पीडित भएको इन्सेकले जनाएको छ ।

यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा पाँच हजार ५८ महिला र ६५४ जना पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएका छन् । यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख गरिएको छ ।

इन्सेकका सस्थापक अध्यक्ष सुशिल प्याकुरेल

कार्यक्रमाम इन्सेकका सस्थापक अध्यक्ष सुशिल प्याकुरेलले अझैपनि संक्रमणकालीन न्यायसम्बन्धी मुद्धाहरु नटुङ्गीनु दुखद रहेको बताए । उने पिडितलाई न्याय दिलाउन नसक्ने संस्थाहरु असफल भएको आरोप पनि लगाएका छन् ।

इन्सेकका अनुसार अझै पनि धेरै बालबालिका असुरक्षित रहेका छन् । बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चितीजस्ता बालअधिकार हननबाट बालबालिका पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ । इन्सेकले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्