Logo

ओलीको रणनीति : कांग्रेसको सहयोगमा एमसीसी संसदमा



फागुन ७, काठमाण्डौ ।  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन, अर्थात एमसीसीको मुद्दाले नेपाली राजनीति तातेको लामै समय भसक्यो । तर अझै पनि एमसिसि संसदबाट पास गराउने की नगराउने भन्नेमा विवाद कायमै छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत पास गर्नुपर्ने अपौचारिक निर्णय गरीसकेको अवस्थामा सत्तारुढ दल नेकपाभित्रै भने दुई धारमा विभाजित भएर अझै बहसमै केन्द्रित हुनुले एमसीसीको भविष्यबारे नै अलमल र अन्योल बढेको छ ।

विवाद अझै बढ्ने संकेत देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहयोगमा संसद बैठकमा एमसीसी पेश गर्ने रणनीतिमा सरकार लागेको छ । आफ्नै पार्टीभित्र विवाद भइरँदा प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग सहकार्य गर्न लागेका हुन् ।

ओलीले एमसीसी प्रतिनिधिसभामा प्रस्तुत गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरिसकेको बताइएको छ । तर सापकोटा के गर्ने भन्नेमा अन्योल नै छन् ।

नेकपाको स्थायी कमिटि बैठक, केन्द्रिय कमिटि बैठक हुदै एमसीसी अध्यायन कार्यदल सम्म आइपुग्दा समेत नेकपाले एमसीसी अमेरिकाले अघि सारेको पछिल्लो रणनीति सैन्य गठबन्धन सम्बन्धी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने नै स्पष्ट हुन सकेको छैन । जसले पार्टीभित्रै यसले तिव्र मत विभाजनको स्थिती ल्याएदिएको छ ।

ओलीसहित केही मन्त्रीहरु एमसीसी कार्यदलले जस्तो प्रतिवेदन बुझाएपनि यथास्थितीमै एमसीसी पास गर्नु पक्षमा छन भने उता अर्का अध्यक्ष पुष्पकमल दाहालसहित धेरै नेताहरु अध्ययनपछि आवश्यक संशोधन सहित पास गर्नुपर्ने पक्षमा छन ।

अहिले नेकपाले गठन गरेको झलनाथ खनाल संयोजकत्वको कार्यदलले एमसीसी अध्ययन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्