Logo

कोरोना संक्रमण नभएको पुष्टि भएपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पुगे खरिपाटी



फागुन ७, काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अबस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको बारेमा जानकारी लिन खरिपाटी पुगेका तिमिल्सिनाले क्वारेन्टाईन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माईक मार्फत भित्र रहेका नेपालीहरुसंग सिसि क्यामराको माध्यमबाट भिडियो कुराकानी गरेका थिए ।

कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीहरुसंग सेवा, सुविधा र समस्याकाबारेमा जानकारी र्लिका हुन् । क्वारेन्टाइनभित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्दारा उनीहरुको अबस्थाबारे थप जानकारी लिएका थिए ।

क्वारेन्टाइनमा राखिएकाहरुमा कोराना भाइरसको संक्रमण नभएको पाइएपछि तिमिल्सिना त्यहाँ पुगेका हुन् । बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जानकारी गराएको थियो ।

क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको छ ।



प्रतिक्रिया दिनुहोस्