Logo

गोकुल बाँस्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटीङ (अडियोसहित)



काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको प्राप्त अडियो संवादमा सुन्न सकिन्छ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

मन्त्री गोकुल बास्कोटाः ह
विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको ९कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री बास्कोटाः ठीक छ।
विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुर्पयो।
मन्त्री बास्कोटाः मिलाइदिन्छु।
विजय प्रकाश मिश्र शर्माः त्यसका लागि९कमिसनका लागि० हामी आउट अफ ट्याक जानेकी ९तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
मन्त्री  बास्कोटाः अब। क्यापासिटीको कुरा।
विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

मन्त्री बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?

विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा
मन्त्री  बास्कोटाः उनीहरुले कति निकाल्छन?
विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री  बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
मन्त्री  बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छर?
विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी१ आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
मन्त्री बास्कोटाः तपाइलाई के गर्छनरु छुट्टै गर्छनरु
विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत ९तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
मन्त्री बास्कोटाः त्यो भनेको कति हुन्छरु
विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुर्पयोनी। आउट अफ ट्याक गइयो भने।
मन्त्री बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनीरु
विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।
मन्त्री बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो
विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

मन्त्री बास्कोटाः त्यो मु…ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।



प्रतिक्रिया दिनुहोस्