Logo

विहानै भूकम्पको धक्का



बाजुरा, फागुन ८ । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएकोे बताए । भूकम्पछि केही भागदौड भएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्