Logo

सेक्युरिटी प्रेस खरिद प्रकरणः संसदको सार्वजनिक लेखा समितिमा के होला ?



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशनको खेल भएको खुलासा भएकै दिन आज संसदको सार्वजनिक लेखा समितिमा यसबारे छलफल हुँदैछ ।

आज समितिका सभापति भरत शाहले सेक्युरिटी प्रेसको विषय छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक विकल पौडेललाई बोलाएका छन् । प्रेस खरिदका लागि ठूलो कमिशनको खेल भएको र सेटिङबारे समेत खुलासा भएको अवस्थामा सचिव सुवेदी र कार्यकारी निर्देशक पौडेललाई राखेर गरिने छलफलमा चासो बढेको छ ।

समितिमा आज यस विषयमा चर्काचर्की हुनसक्ने देखिएको छ । एकपछि अर्को ठूलो भ्रष्टाचारको काण्ड बाहिर आइरहँदा यो घटनालाई धेरैले गम्भीरताका साथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्