Logo

सञ्चारमन्त्री बास्कोटालाई हटाउन काँग्रेस र राप्रपाको माग



काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी ७० करोड कमिसनको अडियो सार्वजनिक भएको उल्लेख गर्दै निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन भन्दै तत्काल हटाउन माग गरेको छ ।

काँग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशनको खेल भएको प्रमाणित भइसकेको बताएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बास्कोटालाई तत्काल हटाएर आवश्यक छानविन गर्न भनेका छन् । उनले ट्वीटमार्फत् प्रधानमन्त्री ओलीलाई शुभचिन्तकका हिसाबले तत्काल हटाउन भनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्