Logo

चर्चामा मन्त्री बास्कोटा र विजय मिश्र



काठमाडौं, ८ फागुन । अहिले देशमा दुईजना चर्चामा छन् । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा र विजयप्रकाश मिश्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनका लागि सेटिङ गर्न कुराकानी गरेको अडियो टेप बाहिर आएपछि चर्चामा पुगेका हुन् ।

गोकुल बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय हुन् । काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पछिल्लो समय निकै प्रभावशाली छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका बास्कोटा खरो बोलीका कारण आलोचित हुने गरेका छन् ।

विजयप्रकाश मिश्र जापानमा लामो समय बसेका लमजुङका बासिन्दा हुन् । उनी जापानमा नेपाली पठाउने काम गर्दथे । पछिल्लो समय स्वीटजरल्यान्डका विभिन्न कम्पनिको नेपाली एजेन्टका रुपमा काम गर्दै आएका छन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनिका तर्फबाट एजेन्टका रुपमा सक्रियता देखाएका थिए ।



प्रतिक्रिया दिनुहोस्