Logo

अनेरास्ववियुका संयोजक महर भन्छन् : सञ्चारमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ



काठमाडौं, ८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले विवादमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि उनले यस्तो सुझाव दिएका हुन्।

उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन्। अडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।’



प्रतिक्रिया दिनुहोस्