Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस



काठमाडौँ, ८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा अध्यक्ष दाहालले ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिलाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त मन्त्री बाँस्कोटाको राजीनामा माग गरेर राष्ट्रियसभा नै अवरुद्ध गरिसकेको छ । प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीलाई पनि यो प्रकरणमा ठूलो दवाव परेको छ ।

टेप प्रकरण बाहिरिएपछि नेकपाका अध्यक्ष दाहाल आज बिहानै प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । दाहालनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष दाहालले टेप प्रकरण बाहिर आएपछि अब मन्त्री बाँस्काटोले राजीनामा दिनु नै उत्तम हुने सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले अहिले मन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो । प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतफी दवाव परेको छ ।

मन्त्री बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

file photo



प्रतिक्रिया दिनुहोस्