Logo

नेकपाका तीन नेताको तीनथरी काण्ड



काठमाडौं, ८ फागुन । सर्वहाराको पार्टी भन्दै सादा जीवनको वकालत गरेर राजनीतिको सीढीं चढेका कम्युनिष्ट नेताहरु विलासी जीवन बिताउने थालेको जगजाहेर नै थियो । तर, उनीहरु त्यही विलासीताले भाँसमा पर्दै गए ।

कोही रक्सी काण्डमा मुछिए त कोही यौनकाण्डमा मुछिए । कम्युनिष्टहरुले भ्रष्टाचार गर्दैनन् भन्ने भ्रमको पर्दा समेत च्यातिने गरी कमिशन काण्डले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

पूर्व सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर जेल समेत बसे । उनलाई जिल्ला अदालतले निर्दोष भएको ठहर गर्दै सफार्र्ई दिएको छ । तर, सर्वसाधारणप्रति उनको छवि धुमिल भइसकेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङको कार्यकक्षमै रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भयो । उनले कार्यकक्षमा नभई निवासमा रक्सी पिएको भनेपनि उनको विलासी जीवन छताछुल्ल भयो । भिडियोमा उनी कम्युनिष्ट पार्टीको नेता जस्तो हुन्छन् भन्ने आमधारणा बनेको छ त्यो भन्दा बिल्कुल फरक देखिएका छन् ।

पछिल्लो समय सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा विवादमा परेका छन् । आफू भ्रष्टाचार नगर्ने र त्यस्को विरोधी भएको बताउँदै आएका उनको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएको हो । सेटिङमा भएको कुराकानीले बाँस्कोटाले ७० करोड कमिशनको सिधा डिल गरेको देखिन्छ ।

यसबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु विलासी बन्दै गएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखिदै गएको छ । यसले भविष्यसम्म नेकपालाई नराम्रो असर पुर्याउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्